|

काठमाडौं : पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा  ५ सय ५६ जना कोरोना सङ्क्रमित  थपिएका छन्। त्यही अवधिमा मंगलबार ४३ सङ्क्रमित थपिएका थिए। हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए।

बुधबार सङ्क्रमित हुनेमा मोरङका २ सय ४२ मध्ये विराटनगरकै १७१ जना छन्। त्यस्तै सुनसरीमा १९९ जना, झापामा ७७ जना, उदयपुरमा ६, धनकुटामा पाँच, सङ्खुवासभामा चार, खोटाङ र तेह्रथुममा तीन तीनजना छन्।

प्रदेश  बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अहिलेसम्म प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २५० पुगेको छ।

यीमध्ये १० हजार १ सय ३८ जना निको भएर घर फर्किएका छन्। आजै मात्र यस प्रदेशमा ६९५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो समयमा यस प्रदेशमा एक हजार २६१ जना सहित अहिलेसम्ममा कूल एक लाख ५६ हजार ५४६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.