|

भक्तपुर : कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा मृत्यु हुनेको संख्या ६४ पुगेको छ। मृत्यु हुनेहरुमा २० जना महिला र ४४ जना पुरुष छन्।

भक्तपुरका चार स्थानीय तहमध्ये कोरोना संक्रमणका कारण भक्तपुर नगरपालिकामा सबैभन्दा बढी मृत्यु भएको छ। कोरोना संक्रमितको संख्याका आधारमा मध्यपुर थिमि बढी संक्रमित नगरपालिका भएपछि मृत्यु हुनेमा भक्तपुर नगरपालिका अगाडि देखिएको हो।

भक्तपुर नगरपालिकामा कोरोना संक्रमणका कारण हालसम्म २९ जनाको ज्यान गईसकेको छ। जसमा १८ जना पुरुष र ११ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैगरी, मध्यपुर थिमि नगरपालिकामा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ। ती मध्ये ६ महिला र १६ पुरुष छन। सूर्यविनायक नगरपालिकामा ७ पुरुष र ३ महिला गरी १० जना र चाँगुनारायण नगरपालिकामा तीन पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैगरी, भक्तपुरमा कोरोना संक्रमितको संख्या ५ हजार ४७६ पुगेको छ। संक्रमितहरु मध्ये भक्तपुर नगरपालिकामा १ हजार ३३७, चाँगुनारायण नगरपालिकामा ५११, मध्यपुर थिमि नगरपालिकामा १ हजार ९०८, सूर्यविनायक नगरपालिकामा १ हजार ५८७ र अन्य १३३ जना रहेको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले बताए।

भक्तपुरमा कोरोना संक्रमितहरूमध्ये हालसम्म ३ हजार ३१४ जना कोरोना संक्रमण मुक्त भएका छन्। तीमध्ये भक्तपुर नगरपालिकामा ९०५, चाँगुनारायणमा ३२९, मध्यपुर थिमिमा १ हजार २१३, सूर्यविनायकमा ८६१ र अन्य ६ जना छन।

भक्तपुरमा हाल १ हजार १९४ पुरुष र ९०४ महिला गरी २ हजार ९८ जना सक्रिय संक्रमित छन्। तीमध्ये भक्तपुर नगरपालिकामा ४०३, चाँगुनारायणमा १७९, मध्यपुर थिमिमा ६७३, सूर्यविनायकमा ७१६ र अन्य १२७ जना भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए।

सक्रिय संक्रमितहरु मध्ये २३८ पुरुष र १५१ महिला गरी ३८९ जना अस्पताल आइसोलेसनमा छन। ती मध्ये भक्तपुर नगरपालिकामा १०२, चाँगुनारायणमा ३६, मध्यपुर थिमिमा १३६ र सूर्यविनायकमा ११५ जना छन्।

त्यसैगरी, ९५६ पुरुष र ७५३ महिला गरी एक हजार ७०९ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको प्रमुख मिजारले जानकारी दिए। होम आइसोलेसनमा बसेकाहरु मध्ये भक्तपुर नगरपालिकामा ३०१ जना, चाँगुनारायणमा १४३, मध्यपुर थिमिमा ५३७, सूर्यविनायकमा ६०१ र अन्य १२७ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.