समग्र संक्रमित घटे तर लक्षण सहितका बिरामी बढ्दै

|

काठमाडौं : सरकारको पछिल्लो विवरण अनुसार देशभरका आइसियु र भेन्टिलेटरमा भने बिरामीको चाप बढ्दो छ। बुधबारसम्मको विवरण अनुसार देशभर ३ सय ६२ जना कोरोना भाइरस संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

दशैँ विदाको समयमा सरकारले परीक्षण घटाएपछि नयाँ संक्रमितको संख्या ह्वात्तै घटेको छ। नयाँ संक्रमित भन्दा धेरै डिस्चार्ज भइरहेका छन्। दशैँ विदाको बीचमा परीक्षण घट्दा डिस्चार्ज हुनेको दर बढेर ७५ प्रतिशत पुगेको छ। जुन एक साता अघिसम्म घटेर ६८ प्रतिशतमा झरेको थियो।

पछिल्लो समय लक्षणसहितका संक्रमित थपिँदै गएपछि गम्भीर बिरामी परेर आइसियु र भेन्टिलेटरमा पुग्नेको संख्या पनि निरन्तर उकालो लागिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७२ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १७८ जना आइसियुमा उपचाररत छन्।  अर्कातिर बागमतीमै ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

उता लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ६ जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश १ मा ३१ जनाको आइसियु र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.