|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत समूह चरणका शीर्ष दुई टिम अहिले भिडिरहेका छन्। समान १४/१४ अंक बनाएर पहिलो र दोस्रो नम्बरमा रहेका मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर यो भिडन्तमा जित निकालेर अगाडिको बाटो सुरक्षित गर्ने योजनामा छन्। 

यस्तवमा आइपिएलको यो सिजनको ४८ औँ खेलमा मुम्बईले टस जितेर बलिङ चुनेको छ। ब्याटिङको निम्तो पाएको बैंगलोरले गतिलो सुरुवात गरेको छ। बैंगलोरको ओपनिङ सम्हालेका जोश फिलिप र देवदत्त पडिक्कलले राम्र साझेदारी गर्दै टिमको स्कोर ६ ओभर पूरा हुँदा ५४ रनमा पुर्‍याएका छन्। 

बैंगलोरले आजको खेलमा तीन परिवर्तन गरेको छ। घाइते नवदीप सैनीको स्थानमा शिवम दुबेले मौका पाएका छन्। ओपनर एरोन फिन्चको स्थानमा जोश फिलिप र मोइन अलीको स्थानमा डेल स्टेनले अवसर पाएका छन्। मुम्बईले भने कुनै परिवर्तन गरेको छैन। 

यही सिजनमा भएको खेलमा दुवै टिमबीचको नतिजा सुपर ओभरमा निकालिएको थियो। यो सिजनको १० औं खेलमा बैंगलोरले पहिले ब्याटिङ गर्दै ३ विकेटमा २०१ रन बनाएको थियो। जवाफमा मुम्बईले पनि ५ विकेट गुमाउँदै २०१ नै रन बनाएको थियो। अन्तमा बैंगलोरले सुपर ओभरमा खेल आफ्नो पक्षमा पारेको थियो। 

मुम्बई इन्डियन्सले आइपिएलमा अहिलेसम्म १९८ खेल खेलेको छ। जसमा ११६ मा जित र ८२ मा हार भोगेको छ। यता बैंगलोरले अहिलेसम्म १९२ खेल खेल्दै ९१ मा जित र ९७ मा हार भोगेको छ। ४ खेल नतिजाविहीन भए। मुम्बईको सक्सेस रेट ५८.५८ प्रतिशत छ भने बैंगलोरको ४८.१३ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.