स्थानीयसँगको झडपका क्रममा प्रहरी पनि घाइते

|

बारा : बारामा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा एक प्रहरीसहित स्थानीयवासी घाइते भएका छन्। 

सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयवासी विरोधमा उत्रिँदा झडप भएको हो।

तस्करीको सामान नियन्त्रणमा लिएपछि प्रहरीमाथि गाडीमा ढुङ्गा मुढा गरेपछि केही राउन्ड हवाई फायर गरिएको हो। 

त्यसक्रममा प्रहरीले हानेको गोली लागेर एक स्थानीयवासी गम्भीर घाइते भए छन् । घटनामा एकजना प्रहरी नायव निरीक्षक समेत  घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

प्रहरीले झडपका क्रममा कति राउन्ड गोली चलायो भन्‍ने खुलेको छैन। घाइतेहरुको बारेमा पनि विवरण आउन बाँकी रहेको उपरीक्षक पंगेनीले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.