|

काठमाडौं :  च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसलाई २–० ले हराएको छ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युभेन्टस अभागी रहयो। उसका तीन गोललाई मान्यता दिइएन। बार्साका लागि डेम्बेलेले १४ औं मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफमा १–० ले अगाडी रहेको बार्सालाई अर्को गोल गर्न दोस्रो अतिरिक्त समय कुर्नु पर्यो। उसका लागि ९१ औं मिनेटमा लियोनल मेसीले  पेनाल्टी मार्फत गोल गर्दै जीत सुनिश्चित गरे।

त्यस्तै यही समूहमा फेरेन्कभारोस र डायनामो किभले २–२ को बराबरी खेले। पेरिस सेन्ट जर्मेनले इस्टानबुल बासाकसेहिरलाई २–० ले हरायो   समूह ‘एफ’ मा लाजियो र क्लब ब्रुगले १–१ को बराबरी खेले। यस्तै बोरुसिया डर्टमुन्डले जेनिथ सेन्ट पिटरर्सबर्गलाई २–० हरायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.