|

काठमाडौं : नेपाली राष्ट्रिय फूटबल टिमले आजदेखि औपचारिक रुपमा प्रशिक्षण शुरु गर्दैछ ।

कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि अवरुद्ध राष्ट्रिय टिमको प्रशिक्षण आजदेखि पुनः संचालन हुन लागेको हो। कात्तिक २८ गते र मंसिर २ गते नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

सोही खेलका लागि नेपालले छोटो समयको तयारी गर्न लागेको हो। त्यसका लागि सबै खेलाडी हिजो काठमाडौं आई पुगेको र आजदेखि प्रशिक्षण थालिने एन्फाले जनाएको छ। अहिले मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमै रहेका कारण पूर्व प्रशिक्षक बालगोपाल महर्जनलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ।

महर्जनकै प्रशिक्षणमा नेपालले बंगलादेशमा दुईवटा खेल खेल्नेछ । खेलाडीलाई दशरथ रंगशालामा प्रशिक्षण गराउने एन्फाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.