|

पर्वत :  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिइएको छ।

कोरोना सङ्क्रमणपछि ती महिला कात्तिक ५ गते उपचारको लागि प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन्।

प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यका अनुसार ती महिलाको बुधवार राति ११ बजे मृत्यु भएको हो। महिलामा निमोनिया लगायतका रोगको समस्या रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.