|

काठमाडाैं : क्रिकेटमा बलिङ र ब्याटिङको चर्चा अक्सर हुने गर्छ। त्यसमा पनि छोटो फर्म्याट अर्थात् टी–२० मा ब्याटिङ प्रभावशाली मानिन्छ। तर छोटो फर्म्याटमा एक रनको भूमिका कति हुन्छ भन्ने कुराको प्रमाण जारी आइपिएलमा स्पष्ट भएको छ।

तीन पटक खेल सुपर ओभरमा पुगेर निर्णय भयो। कतिपय टिमले जित्दा जित्दैको खेल हारे। यसको कारण कसिलो फिल्डिङ हो। जारी आइपिएलमा खेल नै उलटपुलट हुने फिल्डिङहरु देख्न पाइए।

यो सिजनमा पञ्जाबका निकोलस पुरनले बाउन्ड्रीमा रोकेको छक्का सनसनीपूर्ण रह्यो। उनको उत्त फिल्डिङलाई विश्वका जादुमयी फिल्डरका रुपमा परिचित जोन्टी रोड्सले एतिहासिक भनी टिप्पणी पनि गरे। त्यस्तै पञ्जाबकै मयंक अग्रवालले सुपर ओभरमा छक्का रोकेर टिमलाई सनसनीपूर्ण जित दिलाए।

यी हुन् खेल नै अविश्वनीय बनाउने  पाँच टिमका फिल्डिङ

पुरनको सानदार फिल्डिङ

निकोलस पुरन जारी आइपिएलमा पञ्जावका लागि साँच्चिकै उत्कृष्ट खेलाडी प्रमाणित हुँदै गएका छन्। उनले ब्याटिङसँगै गरेको उत्कृष्ट फिल्डिङ टिमको जितको कारण बन्दै आएको छ।

जसले पञ्जाबलाई प्ले अफको रेसमा कायम राखेको छ। पुरनले राजस्थान रोयल्सविरुद्ध प्रतियोगिताको नवाैं खेलमा बाउन्ड्री लाइनमा सानदार फिल्डिङ सम्भव बनाए। हावामा उड्दै ६ रनलाई २ रनमा बदले। उनको यो फिल्डिङ ट्विटरको ट्रेन्डिङमा समेत सामेल रह्यो। मास्टर ब्लास्टर सचिन तेन्दुलकरले यस्तो फिल्डिङ जीवनमा नदेखेको बताएका थिए। जोन्टी रोड्सले उठेर शिर झुकाएर उनलाई सम्मान दिएका थिए।

मंयकले मुम्बईको जितलाई हारमा बदले

पञ्जाब र मुम्बईबीच प्रतियोगिताअन्तर्गतको ३६ औं खेलमा भएको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो। प्रतियोगिताको निर्णय सुपर ओभरबाट भयो। जहाँ मुम्बईका काइरन पोलार्डले  लङ अनमा खेलेको लामो सटलाई बचाउ गर्दै पञ्जाबलाई जितको बाटो देखाएर मुम्बईको हातबाट खेल खोसेका थिए।

रहाणेले छक्कालाई एक रनमा बदले

राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच भएको खेल पनि रोमाञ्चक रह्यो। प्रतियोगिताको ३० औं खेलमा दिल्लीले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ६२ रन बनाएको थियो। जवाफमा राजस्थानलाई अन्तिम ओभरमा २२ रन चाहिएको थियो।

जहाँ पहिलो बलमा छक्का रोक्दै राजस्थानको सपना धरापमा पारे। रहाणेले बाउन्ड्रीमा पहिला शानदार क्याच लिए तर हावामा रहेको शरीरको ब्यालेन्स गर्न उनले बल मैदानमा फाले, जसले छक्का बचायो। उनको छक्का नै निर्णायक हुँदा १३ रनको जित निकाल्न दिल्ली सफल रह्यो।

आर्चरको एक हाते क्याच

​सिजनको ४५ औं खेलमा राजस्थान रोयल्सका जोफ्रा आर्चरले एक सानदार क्याच लिँदै सबैलाई आश्चर्यचकित पारे। उनले ११ औं ओभरको चौंथो बलमा मुम्बईका इशान किशनले हावामा खेलेको बललाई सानदार डाइभ हान्दै एक हातले क्याच लिए। उनको क्याचको पनि चौतर्फी प्रशंशा भएको थियो।

केएल राहुलले टारेको हार

पञ्जाब तथा मुम्बईबीच भएको ३६ औं खेल पनि बराबरी भयो।  सुपर ओभर भएको खेलमा पञ्जाबले ५ रन बनायो। जवाफमा मुम्बईलाई जित निकाल्न एक बलमा २ रन आवश्यक थियो।

तर अन्तिम बलमा क्रिस जोर्डनको थ्रोमा केएल राहुलले सानदार स्टम्प गर्दै खेल पुन: बराबरीमा पुर्‍याए। जसका कारण आइपिएलमा पहिलो पटक दोस्रो सुपर ओभर सम्भव भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.