|
फाइल फोटो

पर्वत : बुधवार मात्रै कोरोना सङ्क्रमणको पुष्टि भएका पर्वतका एक पुरुषको बिहीबार नै मृत्यु भएको छ। पर्वतको कुस्मा नगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा कास्कीको पोखरामा रहेको चरक मेमोरियल अस्पतालको आइसियुमा बिहीबार बिहान करिब सवा ६ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

निमोनिया, उच्च रक्तचाप र श्वासप्रश्वास प्रणालीमा समस्या रहेको अवस्थामा उनको मृत्यु भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ७२ पुगेको छ। पर्वतका जिल्लाको भने यो दोस्रो मृत्यु हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.