|

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएको काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ।

काठमाडौं स्वास्थ्य कार्यालयका प्रवक्ता पार्वती विष्टका अनुसार प्रमुख जिल्ला अधिकारी दाहाल कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सक्रिय थिए। समुदायस्तरमा कोरोना फैलिएपछि उपत्यकामा तीनै प्रमुख जिल्ला अधिकारी पनि नियन्त्रण अभियानमा लागेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.