एजेन्सी : दुईदिने नवजात शिशुलाई गाड्दै गरेको अवस्थामा किसानहरुले बचाएका छन्। घटना भारतको पुणेको हो।
अभियुक्तहरूले बच्चालाई आधा गाडिसकेको अवस्थामा किसानहरुले बचाउन भ्याएका थिए। जमिनमा गाड्न ठिक पारिएको बच्चा बेस्सरी रुन थालेपछि आवाज सुनेर किसानहरू त्यहाँ पुगेका थिए। उनीहरुले ती आरोपीलाई पक्रिए पनि प्रहरी आइपुग्नासाथ किसानहरुबाट उम्किएर आरोपीहरु भागेका थिए।
ती शिशुलाई त्यहीँको एक सिभिल अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्। डाक्टरका अनुसार उक्त बच्चाको स्वास्थ्य अहिले ठीक छ। आरोपीहरूले बच्चालाई साडीमा बेरेर जमिनमा पुर्न ठीक पारेका थिए।
किसानले भन्छन् : केही सेकेन्ड मात्र ढिला भएको भए बच्चा पुरिनेथियो
घटना पुणेको पुरंदरको अम्बोडी क्षेत्रको हो। दुबै आरोपितले बच्चालाई आधा गाडिसकेका थिए। यदि केही सेकेन्ड ढिलाइ भएको भए उनीहरूले बच्चालाई पूर्ण रूपमा गाडिदिने किसानहरुले बताएका छन्। माटोमा गाडिएको कारण बच्चा चर्को स्वरमा कराइरहेको थियो।
स्थानीय सासवड प्रहरी चौकीका इन्सपेक्टर डीएस हाकेले भने, 'हामीलाई फोनबाट घटनाबारे सूचना आएको थियो, हामीले एउटा टोलीलाई घटनास्थलमा पठाएका थियाैं।'
प्रहरीका अनुसार तर बच्चाको पहिचान हुन भने सकेको छैन। आरोपी मोटरसाइकलमा आएका थिए। वरपरका सबै सिसिटिभी क्यामेराहरू जफत गरिएको छ। उनीहरुको बाइक नम्बर ट्रेस गर्न कोशिस गरिरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।