काठमाडौं : सरकारको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकामा कोरोना भाइरसका १९ हजार ७ सय ५२ जना संक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म उपत्यकामा ३ सय ३३ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै हाल १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित छन् भने निको हुनेको संख्या ४४ हजार २ सय ८८ छ। २ सय १२ जनाको मृत्यु भएको काठमाडौंमा हालसम्म जम्मा संक्रमित ६० हजार ७ सय ४२ जना छन्।
यसैगरी भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ६५ छन् भने निको हुनेको संख्या ४ हजार ४ सय २२ छ। अहिलेसम्म ६३ जनाले ज्यान गुमाएको भक्तपुरमा कुल संक्रमित ५ हजार ६ सय ५० पुगेको छ।
यसैगरी ललितपुरमा सक्रिय संक्रमित संख्या २ हजार ३ सय ४५ छ भने निको हुनेको संख्या ६ हजार १ सय ९६ छ। हालसम्म ५८ जनाले ज्यान गुमाएको ललितपुरमा जम्मा संक्रमित ८ हजार ५ सय ९९ जना रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।