पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर प्रदेशका योजना पूरा गर्न आवश्यक बजेट विनियोजन गर्न अनुरोध गरेका छन्।
शुक्रबार भएको भेटघाटमा विभिन्न आयोजना तथा योजनाहरूमा बजेट निकासका लागि अनुरोध गरेका हुन्। मुख्यमन्त्री प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार सङ्घ सरकारले सशर्त अनुदानको सर्तसहित गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका आयोजनाहरूका लागि बजेट नआएका कारण भेटेरै बजेट विनियोजनको अनुरोध गरेका हुन्।
संघीय सरकारले गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि दुई अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक छ। त्यस्तै आधारभूत खानेपानीका बर्साैं पुराना योजनाका लागि एक अर्ब पाँच करोड, ४३ ओटा विशेष खानेपानी आयोजनाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ आवश्यक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।