|

बारा  : वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माणमा ढिलासुस्तीविरुद्ध बाराका स्थानीय प्रदर्शनमा उत्रिएका छन्। 

व्यापारिक सडक योजना अन्तर्गत सिमरा–जितपुर खण्डमा काम सुस्त छ। सिमराको सूर्य नेपालदेखि जितपुरको गढीमाई मन्दिर खण्डमा काम सम्पन्न गर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सका कारण स्थानीयलाई सास्ती भएको छ। 

सडक निर्माणका लागि खनेर अलपत्र पारेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन्। यहाँका स्थानीयले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडक निर्माणमा कुनै चासो नदेखाएपछि स्थानीयले शुक्रबार सडक नै अवरुद्ध पारेका हुन्। 

जितपुरका सडकहरु वर्षाैंदेखि अलपत्र परेपछि यहाँ व्यापारमा मन्दी छाएको, दिनहुँ दुर्घटना बढ्दै गएकोले आफूहरु बाध्य भएर चक्काजाम गर्नुपर्ने स्थितिमा आएको युवा समाजसेवी राजुराज गिरी बताउँछन्। 

बाराको जितपुरका व्यवसायीले पथलैया वीरगञ्ज व्यापारिक सडक करिब एक घण्टा अवरुद्ध बनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.