विवाद उत्कर्षमा पुगेपछि ११ दिनपछि भयो छलफल

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव गरेका  छन्। 

शनिबार दिउँसो बालुवाटारमा भएको भेटवार्ताको क्रममा अध्यक्ष दाहालले सचिवालय बैठकबाट तत्काल बोलाउनुपर्ने प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेका हुन्।

'पार्टीभित्रको विवादलाई हामीहरुले मात्रै छलफल गरेर परिणाम निस्किएन। अब सचिवालय बैठक बोलाएर त्यही छलफल गरेर समस्या समाधान गरौँ',' अध्यक्ष दाहालको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो। 

सचिवालय बैठक राख्ने बिषयमा प्रधानमन्त्री ओली पनि सकारात्मक रहेको स्रोतले बतायो। अध्यक्ष दाहालको प्रस्तावपछि सचिवालय राख्नका लागि ओली पनि सकारात्मक देखिएका बताइएको छ। तर, दुई अध्यक्ष छलफलका बिषयमा निष्कर्षमा अझै पुग्न सकेका छैनन्।

यसअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कर्णाली प्रदेशमा देखिएको विवादपछि भेटवार्ता रोकिएको थियो। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना र भारतीय जासुस संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता लगायतका विषयमा ओली दाहालबीच बिमति देखिएको थियो। 

शनिबार ११ दिनपछि भएको भेटवार्ताको क्रममा यी सबै समसामयिक बिषयमा छलफल भएको स्रोतले जनायो। यसअघि दूरी बढेपछि अध्यक्ष दाहाललाई छलफलका लागि आग्रह गर्न ओलीले आफू निकटका नेताहरूलाई दिनहुँ खुमलटारमा पठाउने गरेको थिए। 

शुक्रबार प्रधानमन्त्री ओलीले आफूनिकट नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाएका थिए। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग बुधबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। 

सचिवालय बैठक राख्न प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलाई लिखित रुपमा माग गरिसकेका छन्। सचिवालयको बहुमतका नेताहरु तत्कालै सचिवालय बैठक राख्नुपर्ने पक्षमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.