शनिबार थपएि ६४ संक्रमित, एकको मृत्यु
शनिबार थपएि ६४ संक्रमित, एकको मृत्यु
काभ्रे : दशैँको बेला कोरोना भाइरस संक्रमण दर घटे पनि काभ्रेमा त्यसपछिका दिनमा फेरि बढ्न थालेको छ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार शनिबार ६४ जना संक्रमित थपिएका छन्। दशैँमा गाउँ गाएकाहरु फर्किन थालेसँगै कोरोना संक्रमण बढ्न थालेका उनले बताए।
जिल्लामा नयाँ थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका ११ महिला र १६ पुरुष गरी २७ जना छन्।
त्यस्तै धुलिखेल नगरपालिकाका ६ महिला र ६ पुरुष, पनौती नगरपालिकाका २ महिला र ६ पुरुष, मण्डनदेउपुर नगरपालिकाका ४ महिला र ३ पुरुष, पाँचखाल नगरपालिकाका ४ महिला र २ पुरुष, नमोबुद्ध नपाबाट १ महिला, तेमाल, महाभारत र चौरीदेउरीली गाउँपालिकाका १÷१ जना पुरुषमा संक्रमण पाइएको हो। शुक्रबार जिल्लामा ४४ जना कोरोना संक्रमित थपिएका थिए।
योसँगै जिल्लामा कोरोना संक्रमित संख्या १ हजार ६ सय ७० जना पुगेको छ । त्यसैगरी निको भई घर फर्किनेको संख्या ९ जना छ। जिल्लामा सक्रिय संक्रमित संख्या भने ५ सय ३७ जना छ।
जसमा अस्पतालको आइसोलेसनमा ८६ जना र होम आइसोलेसनमा ४ सय ५१ जना छन् ।
कोरोनाबाट एक वृद्धको मृत्यु
धुलिखेल अस्पतालमा उपचार क्रममा काठमाडौँ स्थायी घर भएका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको मृत्युसँगै काभ्रेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ। जसमा काभ्रेका ८ महिला र १३ पुरुष र अन्य जिल्लाका छन्।
सक्रिय संक्रमित कुन स्थानीय तहमा कति ?
जिल्ला स्वास्थ्या कार्यालयका अनुसार आस्पताल र होम आइसोलेसनमा गरी जिल्लामा सक्रिय संक्रमित संख्या ५ सय ३७ पुगेको छ। जसमा सबैभन्दा बढी बनेपा नगरपालिकाका छन्।
जिल्ला रहेका संक्रिय संक्रमितमध्ये बनेपाका१ सय ७ महिला र १ सय ३२ पुरुष छन्। धुलिखेल नपामा ५२ महिला र ५३ पुरुष छन्। त्यस्तै पनौतीका ९४ जना, पाँचखालका २५ जना, नमोबुद्धका २८ जना, मण्डनदेउपुरका २९ जना, रोशी गाउँपालिकामा ६ जना, बेथानचोकका ४ जना, तेमालका ३ जना र खानीखोला, महाभारत, चौरीदेउरी, भुम्लु गाउँपालिकाका एक÷एक जना छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।