|

मनाङ : हेलिकप्टर चार्टर गरी पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई विश्वकै अग्लो स्थानमा रहेक़ो तिलिचो ताल पुगेका छन्।

शनिबार मनाङ आएका पर्यटन मन्त्री भट्टराइले मनाङका पर्यटकीय गन्तव्यहरुको स्थलगत भ्रमण गरेका हुन्। शनिबार काठमाडौबाट मनाङ अइपुगेका उनले मनाङ अवस्थित तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा रहेको बताए। 

देश मात्र नभई विश्व नै कोरानाले आक्रान्त भएको भन्दै उनले विस्तारै आन्तिरक पर्यटन प्रवर्द्धन गरिने त्यस क्रममा बताएका छन्। 

स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रवर्द्धनका थप पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए। त्यस्तै उनले एग्रो मनाङ प्रलिको पनि भ्रमण गरेका थिए। उनले यस क्रममा हिमालय स्याऊ फार्म र फ्याक्ट्रीको पनि अवलोकन गरेका थिए। 

उनीसँगै सांसद पोल्देन छोपाङ गुरुङ,  स्थानीय जनप्रतिनिधिहरू, नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीलगायत सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.