|

कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ स्थित ग्वासी समैजी सामुदायिक वनभित्र दुई किशाोर किशोरीको शव फेला परेको छ।

सडेगलेको अवस्थमा शव फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए। शव कैलालीको गोदावरी नगरपालिका ११ का १५ वर्षीय टेक बहादुर कोली र सोही ठाउँकी १६ वर्षीय सीता साउदको रहेको उनले बताए। 

‘दुवै जना सरस्वती माविमा सँगै पढ्दै आएको बुझिन आएको छ’, उनले भने, ‘असोज २८ गते देखि परिवारको सम्पर्कमा नआएपछि असोज ३० गते फोटोसहित अभिभावकले खोजतलासका लागि निवेदन दिएका थिए। 

दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ। घटनास्थल नजिकै सेल्फास नामक विषादीको बट्टासमेत फेला परेको प्रहरीको भनाइ छ।

यसैबीच महाकाली नदीमा भीमदत्त नगरपालिका ६ का २३ वर्षीय सरोज डगौराको शव पनि प्रहरीले फेला पारेको छ। कात्तिक ११ गते साथीसँग नदीमा नुहाउने क्रममा डगौरा डुबेर बेपत्ता भएका थिए।

चौधरीको शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.