|

काठमाडौं : भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुन्डु मखमली फूलको राजधानी मानिन्छ। यहाँका किसान बर्सेनि सयपत्री, मखमली र गोदावरी फूलको व्यावसायिक खेती गर्ने गर्छन्।

तिहारका बेला अरू बालीभन्दा फूल खेतीलाई बढी महत्व दिने गरिन्छ। विगतमा झैं यो वर्ष पनि तिहारका लागि फूल टिप्न र माला गाँस्न किसानहरू व्यस्त छन। तर कोरोना महामारीका कारण फूलको मूल्य पाउनसक्ने सम्भावना कम भएको किसानहरू बताउँछन्‌।

एक महिनाको मलमासले तिहार टाढिएपछि फूलहरू छिटै फूलेको र बजार नपाउने हो कि भन्ने डर भएको स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन्‌। यतिखेर लक्ष्मी र उनको परिवार फूल टिपेर माला बनाउन व्यस्त छ।

तयार भइसकेको मालालाई उनीहरूले झुन्डयाएर राख्ने र किन्न आउने व्यापारीलाई प्रतिगोटाका दरले बेच्ने गर्छन्‌। गत वर्ष मागअनुसार पाँच रुपैयाँको दुई वटादेखि १०० रुपैयाँ गोटासम्म माला बेचेको लक्ष्मीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.