|

काठमाडौं :  विश्वका संसदहरूको साझा मञ्च, अन्तर व्यवस्थापिका संघ (आईपियु) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु भएको छ। नेपाली समय अनुसार गएराति सुरु ‘भर्चुअल’सम्मेलन चार दिनसम्म चल्ने छ।  

जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सिल सदस्यका रुपमा सहभागिता जनाएका छन्। यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागिता जनाएका छन्।  

गभर्निङ काउन्सिलको यो अधिवेशनले आईपियूका नयाँ अध्यक्ष निर्वाचित गर्ने छ । हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदान मार्फत अध्यक्षको चयन गर्नेछन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ। अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ। 

यो अधिवेशनमा आईपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उम्मेदवारी दिएका छन्। आईपियू अध्यक्षको कार्यकाल तीन बर्षको हुने छ। 

यसैबीच नेपालबाट अन्तर व्यवस्थापिका संघ (आईपियु) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आईपियु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.