|

काठमाडौं :  वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ।

७४ वर्षको उमेरमा अमेरिकाको सियाटलमा उनको सोमबार निधन भएको हो। राणा नारायणगोपाल र गोपाल योञ्जनका समकालीन संगीतकार हुन्।

उनको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डेसहितले गीत गाएका छन्।

संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.