तिहारअघि काम नथाले कालोसूचीमा राख्ने तयारी

|

जुम्ला : सांसदले नै ठेक्का लिएको नाग्म-गमगढी राजमार्ग निर्माण अलपत्र परेको छ। सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हिरा एण्ड नमिता जेभीले पाँच वर्षअघि नै सो सडक निर्माण ठेक्का लिएको थियो। नुवाकोटका लामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक कोटाका सांसद हुन्‌।

राजमार्गको ९३ किलोमिटरमध्ये शुरुवातकै १३ किलोमिटरमा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै निर्माण फर्मबाट काम थालिएको थियो। तर, ठेक्का सम्झौता अवधिमा काम नहुदा सडक निर्माण अलपत्र परेको हो। 

निर्माणमा ढिलाई हुँदा सडक सुविधा पर्खेर बसेका नागरिकले सास्ती आवागमनका लागि सास्ती खेपिरहनुपरेको छ। ठेक्का लगाइएकोमध्ये अहिलेसम्म आधामात्रै काम भएको स्थानीयले बताएका छन्‌। 

सडक डिभिजन जुम्लाका अनुसार सांसद लामाको फर्मले १३ किलोमिटर सडकमा सडक चौडा ,ग्राभेल, कल्भट, कजवे, ग्याविन, मेशिनरी टेवा पर्खालको काम गर्नेगरी ठेक्का लिएको थियो तर अहिलेसम्म ६ किलोमिटर सडक अलपत्र अवस्थामै छ। सडक कार्यालय जुम्लाका कायममुकायम प्रमुख एवम्‌ डिभिजनल इञ्‍जिनियर लीलाबहादुर भण्डारीले तिहार अगावै काम नथाले सांसद लामाको फर्मलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको बताए।

पाँच वर्ष अघिदेखि नै काम थालेजस्तो गरेपनि सडक तयार नभएपछि राजमार्ग वरपरका स्थानीयसहित जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाई हुनुको कारण र चुनौतिबारे डिभिजनमा सड्क पुगेर जानकारी लिएका थिए। डिभिजनमा सडक कार्यालयले सांसदले नै ठेक्का लिएकाले काम गराउन कठिन भएको जवाफ दिएको थियो। 

चौतर्फी दबाब आएपछि कार्यालयले कालोसूचीमै राख्नेर पत्रिकामा नाम छाप्ने चेतावनी दिएपछि अहिले सांसद लामा संलग्न सो संयुक्त उपक्रम कम्पनीले काम अघि बढाउने प्रतिबद्धता जनाएको अधिकारीहरूले जानकारी दिएका छन्‌। 

यो सडक बनाउनेगरी ठेक्का नम्बर १२ अन्तर्गत पर्ने सो खण्डको ठेक्का सम्झौता २०७२ माघ ८ गते भएको थियो। निर्माण अवधि २०७५ पुष ७ गतेसम्मका लागि तोकिएको थियो।  दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि निर्माण अवधि थपिएपनि काम हुन सकेको छैन। लामाको फर्मले सम्झौता रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी लिइसकेको डिभिजन सडक कार्यालयले जनाएको छ।

नेकपाका प्रदेश कमिटी सदस्य तथा सिञ्जावासी पूर्ण प्रसाद धितालले दिएको जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरमा ल्याउनुपर्ने बताए। उनले राजमार्ग निर्माणमा तीव्रता दिन कार्यालयलाई अनुरोध गरेका छन्‌। राजमार्गको अवस्था नसुधारिए जनता सडकमा आउनेसमेत उनले चेतावनी दिएका छन्‌।

​नाग्म-गमगढी सडक नबन्दा रारा आउने धेरै पर्यटकले सास्ती खेपिरहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.