|

काभ्रे : जिल्लाको रोशी गाउँपालिका–११ स्थित भैँसेडाँडामा बन्चरो र ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ। जग्गाको विषयमा भएको विवादको क्रममा सोही वडाका सन्तोष नेपालीले घरेलु हतियार बञ्‍चरो र ढुंगा प्रहार गर्दा २६ वर्षीय सुब्बा विसुन्खेको घट्नास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपी कुमार विक्रम थापाले सुब्बाको हत्याको आरोपी सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रण लिइसकेको जानकारी दिए। ‘हत्याका आरोपी नेपाली इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा रहेको छ,’ डिएसपी थापाले भने, ‘घटनाबारे जिल्ला कार्यालयबाट खटिएको टोलीबाट थप अनुसन्धान भइरहेको छ।’

त्यस्तै, उनको अनुसार हत्याका आरोपी नेपालीको ५५ वर्षीय बुबा खड्गबहादुर नेपाली गम्भीर घाइते भएको छ। उनले विवादमा गम्भीर घाइते भएका खड्ग बहादुरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित ह्याम्स अस्पताल लागिएकोमा त्यहाँबाट रेफर गरी न्युरो अस्तपाल पुर्‍याएको जानकारी दिए। घाइतेको टाउको, मुख लगायतको ठाउँमा गम्भीर चोट लागेका छन्।

त्यसैगरी, रोशी गाउँपालिका–११ का वडा अध्यक्ष मिलन लामाले जग्गाको विषयमा विवादले उग्र रुप लिँदा हत्या जस्तो अप्रिय घटना घटेको बताए। उनले विवादको क्रममा सन्तोषले आवेस आएर सुब्बाको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको मृत्यु भएको जानकारी दिए। उनका अनुसार झगडाकै क्रममा एकआपसमा कुटाकुट गर्ने क्रममा सन्तोषले भने बञ्चरो प्रहार गरेको बताए। मृतक विसुंकेलाई पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लागिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.