|

एजेन्सी : अभिनेता नवाजुद्दीन सिद्दीकी फिल्ममा जबर्जस्त अभिनय र संवाद सम्प्रेषणका कारण चर्चामा रहन्छन्। तर, उनको व्यक्तिगत जीवन अहिले विवादमा छ। नवाजुद्दीन लामो समयदेखि आफ्नी पत्नी आलियाको साथ विवादमा थिए।

दुवैले एक अर्कोप्रति आरोप/प्रत्यारोप गरिरहेका छन्। आलिया मेनिसले नवाजसँगको सम्बन्ध टुङ्ग्‍याउने निर्णय गरिसकेकी छन्। यो अवस्थामा नवाजुद्दीनको व्यक्तिगत जीवन तनावमय बनिरहेको छ।

सम्बन्धविच्छेदको खबरमा नवाजुद्दीनको प्रतिक्रिया

उनले यस विवादमा प्रतिक्रिया व्यक्त गरेका छन्। सार्वजनिक मञ्चमा आफ्नो व्यक्तिगत जीवनबारे बताउन नसक्ने उनले बताए।  तर, आफ्ना बच्चाहरूप्रति सबै जिम्मेवारी वहन गर्न तयार रहेको उनले बताए।

नवाज भन्छन्, 'म साँच्चिकै आशा गर्दछु कि म सदैव आफ्ना बच्चाहरूतर्फ छु, म आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम छु, म मेरो छोरीलाई धेरै माया गर्छु।'

आलियाले लगाएका सबै आरोपहरूलाई नवाजले बकवास भनेका छन्। अब यस विवादबारे दुवैले कानूनी लडाइँ लड्ने बताइसकेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.