|

काठमाडौं :  प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘आउ माया साथैमा’ बोलको गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ।

डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ। भिडियोमा सरोज र आश्माले धमकेदार नृत्य प्रस्तुत गरेका छन्।

दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका माइकल चन्दले यस भिडियोको निर्देशन गरेका हुन्। माइकल यस गीतको भिडियोबाट केही आशावादी पनि देखिन्छन्। उनी भन्छन्, ‘गीत आफैँमा राम्रो थियो नै! सोही अनुसार हामीले भिडियोमा निकै मिहिनेत गरेका छौँ, आशा छ, भिडियोलाई दर्शकले मन पराउनुहुनेछ।’

भिडियोमा माइकल सेट-अप एण्ड डान्स एकेडेमीको कोरियोग्राफी रहेको छ। भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन तथा कलर शीलन लम्सालले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.