काठमाडौं : हिन्दुहरुको अर्को महान् चाड तिहार नजिकिँदै गर्दा असन, इन्द्रचोकका गल्लीहरु भीड हुन थालेका छ्न्। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नेपालमा पनि तीव्र रुप लिँदै छ। तर मान्छेहरु अब डराउन छाडिसकेका छन्!
लकडाउन समयमा भएको घाटा पुर्ति गर्न व्यापारीहरु पनि डराई डराई व्यवसाय सञ्चालन गरिरहेका छन्। तिहारका लागि मसला,मिठाइ, फूलमाला, पूजा सामग्री लत्ताकपडालगायत सामग्री किन्नेको भीड यतिखेर बढ्न थालेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।