काठमाडौं : काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्न थालेको छ। केही दिनदेखि लगातार तापक्रम घट्दै गएको छ। तापक्रम गिरावट भएपछि सर्वसाधारणले चिसो बढेको महसुस गरेका छन्। काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले पहाडी क्षेत्रमा आंशिक बदलीबाहेक अन्य भूभागमा मौसम सफा रहने प्रक्षेपण गरेको छ । डोल्पा, जुम्ला, मुगु, मुस्ताङ, गोरखा, हुम्ला, मनाङ, रसुवा, धादिङ, दोलखा, सोलुखुम्बु र ताप्लेजुङलगायत उच्च हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ।
तापक्रम घटेर चिसो बढ्न थालेपछि बजारमा न्यानो कपडाको माग पनि बढ्न थालेको छ। कोरोनाका कारण व्यापार ठप्प अहिले केही फस्टाएको भन्दै व्यापारी खुसी छन्। असनका व्यापारी रामलाल महर्जन ज्याकेट टोपीलगायत न्यानो कपडाको माग बढेको बताउँछन्।
हेर्नुहोस् फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।