पार्टी फुटाउन खोज्‍ने अपराधी, बैठकबाट भाग्‍न मिल्दैन

|

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो विभाजनको संघारमा पुगिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टी फुटको मुखमा पुगेको हो। 

सत्तारुढ दलभित्र एकपछि अर्को विवाद बढ्दै गइरहँदा विभिन्‍न कोणबाट टिका टिप्पणी भइरहेका छन्। नेकपाभित्रको विवाद कहिले फुटतर्फ त कहिले केही समयका लागि अस्थायी रोकिने गरेको छ। यो विवाद नेकपाभित्रको पहिलो होइन। यसअघि पनि पटक पटक पार्टीभित्रको विवादले पार्टी विभाजनको भुंग्रोमा फस्दै निस्किँदै गरिरहेको छ। पार्टी नै विभाजन हुने हो कि भन्‍ने चिन्तामा नेता कार्यकर्ता पिरोलिएको छन्। 

शीर्ष नेतृत्वबीच विवादले जरो गाडिरहेको बेलामा दोस्रो र तेस्रो तहका नेताहरु पार्टी कुनै पनि हालतमा नफुट्ने तर्क गरिरहेका छन्। प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र उनीहरूका किचेन क्याबिनेट नेताहरूका निजी स्वार्थका कारण नेकपाभित्र पछिल्लो ६ महिनादेखि पटक पटक विवाद उब्जिएको छ। त्यो अहिले पनि भुसको आगो झैं निरन्तर सल्किरहेको छ। 

पछिल्लो समय राजदूत नियुक्ति, संघीय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेश सरकारमा किचलो, भारतीय जासूसी संस्था रअ प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्ता र पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच असमझदारी बढेको छ। यिनै विषयमा केन्द्रीत रही नेकपा बागमती प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी :

नेताहरूबीचको विवादले नेकपा फुटको संघारमा पुगेको हो? 

नेकपा फुट्दैन, कसैले फुटाउने आँट गर्न सक्दैन। अलिकति विवाद देखिएको बेलामा यस्ता कुरा आउनु स्वभाविक हो। हामी कुनै हालतमा फुट्न दिँदैनौँ। जसले फुटाउँछु भनेर पहल गर्छ, त्यो कम्युनिष्ट आन्दोलनको अपराधी हुन्छ। त्यसलाई म कम्युनिष्ट आन्दोलनको विरोधी चरित्र भन्छु। यो कम्युनिष्ट आन्दोलनको हित चाहेर नेकपा बनेको छ। त्यसैले नेकपालाई कसैले फुटाउने आँट गर्न सक्दैन।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालयको बहुमत सदस्यले बैठक मागिराख्नु भएको छ। तर प्रधानमन्त्री ओली बैठक राख्‍न तयार हुनुहुन्‍न नी?

प्रधानमन्त्रीले बैठक राख्न मान्‍नै पर्छ। पार्टी भन्दामाथि कोही छैन। उहाँ पनि व्यक्ति हो। पार्टीको अध्यक्ष भएकाले पार्टीभित्र देखिएको विवाद समाधान गर्न बैठक राख्नुपर्छ। बैठकबाट भागेर जान पाउनुहुन्‍नँ। उहाँले बैठकमा आउनैपर्छ र, समस्या समाधानमा सहयोग गर्नैपर्छ। 

प्रधानमन्त्री ओलीकै कारणले पार्टीभित्रको विवाद चर्किएको भन्ने नेकपा नेताहरुकै आवाज छ नी!

प्रधानमन्त्रीकै कारण अहिलेको विवाद भएको हो। पार्टी भनेको एउटा संस्था हो। उहाँ व्यक्ति भएर संस्थालाई मान्‍न तयार हुनुहुन्‍नँ। उहाँको कार्यशैलीका कारण समस्या देखिएको हो। उहाँलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री पार्टीले नै बनाएको हो। उहाँ अहिले पार्टीको निर्णय नमानेर आफ्नो दम्भ देखाउन थाल्नुभयो।

नेकपा फुट्दैन। कसैले फुटाउने आँट गर्न सक्दैन। अलिकति विवाद देखिएको बेलामा यस्ता कुरा आउनु स्वाभाविक हो। हामी कुनै हालतमा फुट्दैन। जसले फुटाउँछु भनेर पहल गर्छ, त्यो कम्युनिष्ट आन्दोलनको अपराधी हुन्छ।

उहाँले दम्भ देखाउन मिल्छ? बैठक राख्‍नबाट कहिलेसम्म भागेर सुख पाउनुहुन्छ? पार्टी र सरकारको काम अस्तव्यस्त भइरहेको छ। यस्तो अवस्थामा उहाँले सरकार र पार्टी दुवै चलाउन सक्नु भएको छैन। उहाँले आफू ठुलो पदमा भएको भनेर दम्भ देखाउनुभएको छ। कसैले केही गर्नु सक्दैन भन्‍ने लागेर नै विवाद भएको हो।

नेकपाभित्र पटक पटक किन विवाद भइरहन्छ?  

पार्टीमा विवादको कारक नै प्रधानमन्त्री ओली नै हुनुहुन्छ। कसैले गरेर होइन। जे पार्टीमा चलिरहेको जे विवाद भइरहेको छ त्यसको सबै जस उहाँलाई नै जान्छ। उहाँले कम्युनिष्ट आन्दोलनमा केही त्याग छ भन्‍ने लाग्छ भने यस्तो अवस्थामा केही सकारात्मक भूमिका खेल्न पर्छ कि पर्दैन।

मेरो त्याग र योगदानका साथ जनताले विश्वास गरेको बेलामा पार्टी र सरकार चलाउन सकारात्मक भूमिका खेल्नु पर्छ कि पर्दैन। अरु कसैको कारणले नभएर उहाँकै कारणले पार्टी कमजोर र जटिल स्थितिमा पुगेको छ। बैठक नराखेपछि अरु कुरा कसरी मान्‍ने उहाँलाई? अध्यक्ष भएपछि बैठक राखेर सबैको कुरा सुन्‍नु पर्दैन? उहाँ आफै बैठकबाट भागेर हुन्छ? उहाँलाई सर्वेसर्वा म नै हुँ भन्‍ने लागेकाले यस्तो परिस्थिति आएको हो। उहाँ अहिले अत्यन्तै गलत र अराजक बाटोमा जाँदै हुनुहुन्छ। उहाँ निरङ्कुश शैलीमा अगाडि बढ्न खोज्दै हुनुहुन्छ। समस्याको जड उहाँ नै हो।

पार्टीमा विधि र पद्धतिको चर्चा त गरिन्छ। तर, अन्यमा भागबण्डामै टुङ्गिने गरेको देखिन्छ?

भागबण्डा होइन। तर, होला तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको पाटी एकतापछि केही भागबण्डाकै कुरा होलान्। पहिले पनि प्रचण्ड कमरेडसँग उहाँले नै बसेको सहमति गर्नुभएको हो। अहिलेको विवाद भागबण्डाकै कारण मात्रै होइन। पार्टी अहिले विचारबाट च्युत भयो। नेपाल कम्युनिष्ट पाटी विचार च्युत भयो भने त्यो कम्युनिष्ट पार्टी नै रहँदैन।

उहाँले दम्भ हटाएर फराकिलो बनेपछि समस्या समाधान हुन्छ। बैठक राखेर अरूको कुरा सुनेर भएर पनि त्यहीअनुसार चल्ने निर्णय गरे पनि हुन्छ। निर्णय पनि मान्दिनँ, बैठक पनि राख्दिँन, यस्तो नेतृत्वबाट समाधान हुँदैन। 

पार्टीमा विधि र विधान छ त्यो अनुसार चलाउनुपर्छ। सामूहिक नेतृत्वलाई विश्वास गर्न सकिएन भने नेतृत्व जतिसुकै ठूलो पदमा पुगे पनि पार्टी चलाउन सक्दैन। पार्टी आचरण, नैतिक र अनुशासनयुक्त हुनुपर्छ। जवाफदेही हुनुपर्छ। जसले गर्दा समस्या देखिएको छ। पार्टीमा अफठ्यारो स्थिति आएको छ। धेरै कारणहरु छन्। भागबण्डाकै कारणले पार्टीभित्र यस्तो अवस्था आएको होइन प्रष्ट कुरा।

अहिले देखिएको विवाद कसरी समाधान गर्न सकिन्छ?

पार्टीभित्र देखिएको विवाद समाधान गर्न केही गाह्रो छैन। बाहिर हेर्दा जटिलता लाग्न सक्छ। तर, बैठक राखेर भदौ २६ गतेको स्थायी कमिटीको निर्णय मान्‍ने। पार्टीभित्रका अन्य निर्णय र पार्टीको विधान अनुसार चल्ने। बैठक राख्‍ने सबैको विचार सुन्ने त्यसलाई लागू गर्ने गरेमा सबै समस्याको हल हुन्छन्। तर, पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री हो सचिवालयको साथीहरुले पनि बैठक राख्नु अनुरोध गर्दा समेत मान्‍नु भएको छैन। उहाँ पार्टीको अध्यक्ष होइन र?

पार्टीलाई कसरी सञ्चालन गर्ने, नियमित बैठक कसरी राख्ने, भन्‍ने उहाँले सोच्‍नुपर्दैन। केही पनि समस्या छैन। उहाँले दम्भ हटाएर फराकिलो बनेपछि समस्या समाधान हुन्छ। बैठक राखेर अरुको कुरा सुनेर भएर पनि त्यही अनुसार चल्ने निर्णय गरेपनि हुन्छ। निर्णय पनि मान्दिनँ, बैठक पनि राख्दिँन, यस्तो नेतृत्वबाट समाधान हुँदैन। 

पार्टीले कुनै पनि निर्णय गर्छ, तर त्यसलाई कार्यान्वयन गर्न सक्दैन, किन?

एउटा समस्या समाधान गरेपछि अर्को समस्या आउँदैन भन्‍ने होइन। जसरी बढिरहेका छौँ। परिवर्तनको शिलशिलामा अनेकौँ कोणबाट विचारहरु आउँछन्। त्यसबाट विवाद आउन सक्छ। त्यसबाट आत्तिनुपर्ने आवश्यक छैन। विचार र सुझावमाथि छलफल गरेर भन्‍नुपर्ने ठाउँमा प्रधानमन्त्री ओलीको तर्फबाट कुरै नसुन्‍ने भएपछि यस्तो समस्या आएको हो। एक विवादपछि अर्को उहाँले नै गर्नुपर्छ। समस्या समाधानको जड नै उहाँ नै हो र समाधान पनि उहाँबाटै हुनुपर्छ।

कर्णालीमा देखिएको विवाददेखि पर्सा घटनासम्मलाई कसरी लिनुभएको छ? 

कर्णाली विवादपछि आएको घटना न हो। स्थायी कमिटी बैठक बसिरहेको बेलामा हामीले कस्तो आरोप र जटिलता सहनुपर्यो। तर, पनि पार्टी हो। आफ्नो विचार राख्‍ने ठाउँ हो भनेर बसेका थियौं। फेरि उस्तै समस्या देखियो। उहाँ पनि पार्टीको नेता हो। उहाँले पनि दु:ख गरेर नै यहाँसम्म आइ पुग्नुभएको छ। त्यो बेलामा पनि उहाँले पार्टीभित्रको विवादलाई अफठ्यारो मोडमा पुर्याउनुभएको हो नी।

अध्यक्षद्वय बसेर सहमति गर्नुपर्छ भनेर नै कार्यदल गठन गरेर स्थायी कमिटीको बैठकले पारित गरेपछि न समस्या समाधान भइसकेको थियो। फेरि, उहाँले त्यही स्थायी कमिटीको निर्णय नमानेपछि यी पछिल्ला घटना भएका न हुन्। समस्या कहाँ छ भनेर खोजिराख्नु नै पर्दैन। पहिलेको र अहिलेको पनि विवादको जरो प्रधानमन्त्री ओली नै हो। 

जनताको समस्यालाई ध्यान दिन सक्नुभएको छैन। त्यसैले अहिले हामीले दुवै पदबाट नसके एक पदबाट चाहि तत्काल छाड्नुहोस् भनेका थियौँ। हामीले ‘एक व्यक्ति, एक पद’को कुरा उहाँलाई मात्रै नभएर सबैलाई लागू गरौँ भनेका थियौँ। तर, उहाँ तयार हुनुभएन। हाम्रो विधानमा पनि भएको भएकाले त्यसलाई कार्यान्वयन गरौँ भनेर कुरा उठाएका हौँ।

तपाईंहरुले ‘एक व्यक्ति, एक पद’ कुरा उठाइराख्नु भएको छ। त्यो कार्यान्वयन गर्न कसले रोक्यो? 

तपाईले महत्वपूर्ण प्रश्‍न उठाउनुभयो। हामीले पहिला पनि प्रधानमन्त्री ओलीले अब सरकार र पार्टी दुवै चलाउन सक्नुहुन्‍न, अब कमजोर हुनुभयो भनेर माग गरेका थियौँ। तर, उहाँबाट विभिन्‍न विचारहरु पनि आए। गणतन्त्र र संविधानलाई नै अफठ्यारो पार्ने खालका कुरा पनि आए। उहाँका अनेकौँ शैली र सोच छन्। त्यसले लोकतन्त्र र गणतन्त्रलाई नै अफठ्यारो पारिरहेको छ। अब त्यसो भएको सरकारको काम प्रभावकारी भएन। जनआक्रोश बढ्न थाल्यो, हामीलाई त्यत्रो विश्वास र माया गरेर पठाउनुभएको कदर भएन।

जनताको समस्यालाई ध्यान दिन सक्नुभएको छैन। त्यसैले अहिले हामीले दुवै पदबाट नसके एक पदबाट चाहि तत्काल छाड्नुहोस् भनेका थियौँ। हामीले ‘एक व्यक्ति, एक पद’को कुरा उहाँलाई मात्रै नभएर सबैलाई लागू गरौँ भनेका थियौँ। तर, उहाँ तयार हुनुभएन। हाम्रो विधानमा पनि भएको भएकाले त्यसलाई कार्यान्वयन गरौँ भनेर कुरा उठाएका हौँ। उहाँले पनि मान्नुपर्छ हामी पनि मान्छौँ। अहिले कार्यान्वयन गर्न सकेका छैनौँ। अब यही ढंगले जानुपर्छ। होइन, भने उहाँले दुवै पदबाट आराम लिएर बस्नुभए हुन्छ। उहाँले यो गर्नुभयो भने सबैका लागि कल्याण हुन्छ। 

पार्टीको एकता महाधिवेशनअघि कुरा ‘एक व्यक्ति, एक पद’को कुरा उठ्छ कि उठ्दैन त?

यही दौरानमा गइरह्यो भने अवश्य फेरि पनि उठ्छ। अबको समस्या समाधान कसरी गर्ने भनेर यो कुरा उठ्छ, उठाउनुपर्छ। उहाँ जहिल्यै पनि पार्टीभित्र विवाद मात्रै सिर्जना गराउने मात्रै काम भयो। पार्टी बलियो कुरा छैन। पार्टी र सरकारको काम अलपत्र छन्। सरकारले गर्नुपर्ने काम धेरै छन्। त्यसको कुनै तयारी छैन।

त्यसो भइसकेपछि उहाँ योग्य कि अयोग्य भन्‍ने सबैकुरा प्रष्ट रुपमा देखि सकिएको छ। यसो हेर्दा खेरी त उहाँले अत्यन्तै इमानदारी पूर्वका दुवै पदबाट विदा लिएर आराम गर्नुपर्छ नै भन्छु म। उहाँ कुर्सी छोड्न नै मान्‍नुहुन्‍न। कुर्सी छाड्नुपर्यो भने बरु कुर्सी नै भाँचिदिन्छु भनेजस्तो कुरा गर्नुहुन्छ। 

एकताका काम पनि अझै बाँकी छन्, यस्तै स्थिति रहे एकता महाधिवेशनलाई असर पार्दैन र?

महाधिवेशन गर्ने स्थायी कमिटीको निर्णय नै हो। महाधिवेशनबाट नै हो हामीले पार्टीभित्रको धेरै कुराको समाधान हुने। संगठनको संरचना, विचारको कुरा, समाजवादको लक्ष्यको कुरा गरिराखेका छौँ। कस्तो निती कार्यक्रम बनाउने भन्‍‍ने महाधिवेशनबाट नै हुन्छ। त्यसैले पार्टीभित्रको विवाद समाधान गरेर अघि बढ्नका लागि महाधिवेशन आवश्यकता हुन्छ। यही स्थितिबाट अघि जान चाहि गाह्रो हुन्छ। 

उसो भए पार्टी एकताको बाँकी काम सक्न कसले रोक्यो त अहिलेसम्म?

त्यसो भइसकेपछि उहाँ योग्य कि अयोग्य भन्‍ने सबैकुरा प्रष्ट रुपमा देखि सकिएको छ। यसो हेर्दा खेरी त उहाँले अत्यन्तै इमानदारी पूर्वका दुवै पदबाट विदा लिएर आराम गर्नुपर्छ नै भन्छु म। उहाँ कुर्सी छोड्न नै मान्‍नुहुन्‍न। कुर्सी छाड्नुपर्यो भने बरु कुर्सी नै भाँचिदिन्छु भनेजस्तो कुरा गर्नुहुन्छ। 

पार्टीभित्रको एकताको काम सक्न पनि प्रधानमन्त्री ओलीकै अवरोधका कारणले गर्न नसकिएको हो। दुई हप्ताभित्र पार्टी एकताको बाँकी काम सक्ने भनेर निर्णय गरेका हौँ। पछि छलफल नै नगर्ने त्यो बिषयलाई अगाडि ल्याउनै नचाहाने, पोलिटब्युरो गठन, आयोगहरू गठन, विभाग गठन, संगठहरूलाई एकताबद्ध गर्ने काम गरिदिएको भए त यी समस्या नै आउने थिएन नी। उहाँ नै हो नी अहिले प्रमुख व्यक्ति एक नम्बरको अध्यक्ष। उहाँबाट सबैले आश गरेको छ। तर, नेतृत्व नै जवाफदेही र जिम्मेवारी नभएको कारणले एकताको काम नसकेको हो। 

कोरोनाको महामारीमा सत्तासीन दल आन्तरिक विवादमै भुलिरह्यो नि, किन यस्तो?

कोरोना महामारी छ पहिलो प्राथामिकता। नेपाली जनतालाई कसरी बचाउने भन्‍ने कुरा छ। सरकारको पहिलो दायित्व हो। कोरोना महामारीविरुद्ध एकजुट भएर लाग्न पनि पार्टीको विवाद मिलाउनुपर्छ। तर, प्रधानमन्त्री ओलीबाट त्यो बिषयमा पहल नै भएन। जनताको उपचारदेखि स्वास्थ्य क्षेत्रको विषयमा सरकार केन्द्रीत हुनुपर्छ। पार्टीभित्रको विवाद लामो समयसम्म राख्नु पनी हुदैन। राख्नु राम्रो पनि होइन। 

भनेपछि कोरोना नियन्त्रणमा सरकार असफल भइसक्यो हो?

असफल नै किन भन्‍नु र? लागि त राख्नुभएको त छ। प्रतिवद्धता पनि गरिराख्नु भएकै छ। सर्वाेच्च अदालतले पनि घरिघरि घच्चघच्चाइ रहेको छ सरकारको कमजोरी देखाएर। कोरोना नियन्त्रणमा जुन गम्भीरता हुनुपर्ने हो त्यो पक्कै पनि पुगेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.