|

बाँके : चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ। प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो। 

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्पmत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे। 

उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ। पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। 

पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

लागुऔषध अफिमसहित दुई पक्राउ

बाँकेमा ७ किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कोहलपुर नगरपालिका—२ बसपार्कस्थित भेरी गेष्टहाउसको कोठा नं. १०५ वाट अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो। 

सो होटलमा लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाजरकोटको नलगाड नगरपालिका-९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय बीरेन्द्रमान सिंहलाई सो परिणामको अफिमसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

त्यस घटनाबारे थप अनुसन्धान एवं कारवाही प्रक्रियाअघि बढाएको जनाइएको छ। लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषधको कारोबार गर्नेमाथि न्यूनतम १५ वर्ष जन्मकैद र रु पाँच लाखदेखि २५ लाखसम्म जरिवाना तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.