|

काठमाडौं : मलेसियाको सेलेङर स्थित केलाङमा नेपाली युवाले छुरा प्रहार गरेर नेपाली युवतीको हत्या भएको छ। 

भारतको सिक्किम घर भइ नेपाली राहदानी बाहक आइतमाया  मगरको बुधबार हत्या भएको हो। मगर स्थानिय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत रहेकी थिइन्। सामान्य विबादमा क्रममा ग्राहक बनेर आएका ती युवाले युवतीमाथि छुरा प्रहार गरेको मलेसियामा रहेका पत्रकार त्रिलोचन गौतमले जानकारी दिए। हत्या गर्ने युवाको विवरण भने प्रहरीले खुलाएको छैन। 

छुरा प्रहार गरेपछि ती युवा माथी रेष्टुरेन्टमा आएका ग्राहकले सामान्य कुटपिट गरेका थिए। हत्या गरेका ती युवा प्रहरी नियन्त्रणमा रहेका छन् भने मृतकको शव पोष्टमार्टमका लागि राखिएको छ। ती युवाले हत्या के कारणले गरे भन्ने खुलेको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.