|

सल्यान : हिजोआज बनगाड कुपिण्डे नगरपालिका-१२ निगालचुलाको बारीमा तोरी फूलेर गाउँ नै पहेँलपुर भएको छ। वर्षायाममा आलु र हिउँदमा तोरीले निगालचुला निकै आकर्षक देखिने गर्दछ। निगालचुलाबाट देखिने सिस्ने हिमालको दृश्‍यले त झन् जो कसैको मनै फुरुङ्ग हुन्छ।

अरू समयभन्दा हिउँदयाममा यहाँको मनै लोभ्याउने तोरीखेतीको दृश्यले यात्रा निकै रमाइलो हुन्छ। निगालचुलाका स्थानीयले परम्परागत खेतीको रुपमा तोरी लगाउँदै आएका छन्।

तोरीको तेल सजिलै बिक्री हुने भएपछि यहाँको स्थानीयले हिउँदेबालीमा तोरीखेतीलाई प्राथमिकता दिने गरेको वडा अध्यक्ष गोविन्द डाँगीले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.