काठमाडौं : आज घर-घरमा कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण यमपञ्चकको तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
कुकुरलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ।
काठमाडौंका विभिन्न स्थानमा कुकुर तिहार मनाइरहँदाका केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।