देशभर ३६ हजार ४५२ संक्रमित उपचाररत

|

काठमाडौं : पछिल्लो समय लक्षणसहितका कोभिड-१९ संक्रमित बढ्दै गएका छन्। लक्षणसहितका संक्रमित बढन थालेपछि विभिन्न जिल्लाका अस्पताल पनि भरिन थालेका छन्। लक्षण नभएका केही संक्रमितहरू होम आइसोलेसनमा बसेर पनि उपचार गराइरहेका छन्।

शनिबारसम्म ५०० भन्दा बढी उपचाररत रहेका जिल्लाको संख्या १३ पुगेको छ। झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कैलाली, काभ्रे, कास्की, पाल्पा, दाङ र रुपन्देहीमा ५०० जनाभन्दा बढी संक्रिय संक्रमित छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार झापामा ८९६ जना संक्रमित उपचाररत छन्। झापामा कुल संक्रमित तीन हजार २९४, कोरोनामुक्त हुनेको संख्या दुई हजार ३७८ र मृतकको संख्या २० पुगेको छ।

मोरङमा एक हजार ५२१ जना सक्रिय संक्रमित उपचाररत छन्। १० हजार ९६४  कुल संक्रमित रहेकामा नौ हजार ३८८ संक्रमणमुक्त र ५५ जना संक्रमितको मृत्यु भएको छ।

सुनसरीमा पनि एक हजार ७२ उपचाररत छन्। ७ हजार ६०१ कुल संक्रमित, ६ हजार ४६५ निको भएका र ६४ संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा १५ हजार ९६७ संक्रमित उपचाररत छन्। जिल्लाभर ७७ हजार ६४५ जना संक्रमित भएकामा ६१ हजार ३७९ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, २९९ जनाको मृत्यु भइसकेको छ।

भक्तपुरमा पनि एक हजार ३०६ संक्रमित उपचाररत छन्। जिल्लाभर सात हजार ४४ जना संक्रमित भएकामा पाँच हजार ६६२ संक्रमणमुक्त भएका छन्‌ भने अहिलेसम्म ७६ जना संक्रमितको मृत्यु भएको छ। 

ललितपुरमा उपचार गराउनेको संख्या दुई हजार ३४६ पुगेको छ। ११ हजार १६२ जना संक्रमित भएकामा आठ हजार ७३२ जना संक्रमणमुक्त र ८४ जनाको मृत्यु भएको छ।

काभ्रेपलाञ्चोकमा पनि ८७२ जना संक्रमित उपचाररत छन्। त्यहाँ अहिलेसम्म दुई हजार ५७४ जना संक्रमित भेटिएका छन्‌। एक हजार ६८८ जना संक्रमणमुक्त भएका छन्‌ भने १४ जना संक्रमितले ज्यान गुमाएका छन्‌। 

चितवनमा ९४७ जना संक्रमित उपचाररत छन्। पाँच हजार ९५६ जना संक्रमित भएकामा चार हजार ९५६ जनालाई निको भएको छ। चितवनमा अहिलेसम्म ५३ जना संक्रमितको ज्यान गएको छ। 

कैलालीमा यतिखेर ६७९ जना संक्रमितको उपचार भइरहेको छ। तीन हजार ६६५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्‌। कैलालीमा अहिलेसम्म चार हजार ३६१ जना संक्रमित भेटिएको छ। १७ संक्रमितको ज्यान गएको छ। 

कास्कीमा एक हजार ६२८ संक्रमित उपचाररत छन्‌। कुल संक्रमित संख्या चार हजार २६५ रहेकोमा दुई हजार ६०३ जना संक्रमणमुक्त भएका छन्‌ भने ज्यान गुमाउने संक्रमितको संख्या ३४ पुगेको छ।

दाङमा ७०७ जना सक्रिय संक्रमित उपचाररत छन्‌। कुल संक्रमित तीन हजार २८ पुगेको छ भने दुई हजार ३०४ जना संक्रमणमुक्त भएका छन्‌। दाङमा अहिलेसम्म १७ जना संक्रमितको मृत्यु भएको छ। 

पाल्पामा उपचार गराउनेको संख्या ५२३ पुगेको छ। संक्रमणमुक्त एक हजार ७० र कुल संक्रमित एक हजार ५९७ छन्। त्यहाँका चार जना संक्रमितको ज्यान गएको छ।

रुपन्देहीमा एक हजार २१८ संक्रमित उपचाररत छन्‌। कुल संक्रमित सात हजार ४०९ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या ६ हजार १३१ पुगेको छ भने ६० जनाको मृत्यु भएको छ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार मुलुकभर यतिखेर ३६ हजार ४५२ संक्रमित उपचाररत छन्।

नम्बर प्रदेशमा कुल संक्रमितको संख्या २३ हजार ९४६, संक्रमणमुक्त १९ हजार ७३७, मृतक १५५ र उपचाररत चार हजार ५४ छन्।

नम्बर प्रदेशमा कुल संक्रमित १९ हजार ३२३, संक्रमणमुक्त १८ हजार २१६, मृतक संख्या १७१ र ९३६ जना उपचाररत छन्‌। बागमती प्रदेशमा एक लाख १२ हजार ७३६ संक्रमित भेटिएका छन्‌ भने ८९ हजार १६० जना संक्रमणमुक्त भएका छन्‌। मृतकको संख्या ६०४ र २२ हजार ९७२ जना उपचाररत छन्।

गण्डकी प्रदेशमा १२ हजार १५१ कुल संक्रमित, संक्रमणमुक्त आठ हजार ८१६, मृतक ७२ र उपचाररत संक्रमित तीन हजार २६३,  नम्बर प्रदेशमा कुल संक्रमित २३ हजार १९८, संक्रमणमुक्त १९ हजार २५८, मृतकको संख्या १७१ र उपचाररत तीन हजार ७६९, कर्णाली प्रदेशमा कुल संक्रमित पाँच हजार ९३८, संक्रमणमुक्त पाँच हजार ६१७, मृतक संख्या १४ र ३०७ संक्रमित उपचाररत छन्।

सुदुरपश्चिम प्रदेशमा  कुल संक्रमित ११ हजार सात पुगेको छ। नौ हजार ८२८ जना संक्रमणमुक्त भएका छन्‌। २८ संक्रमितको मृत्यु भएको छ र एक हजार १५१ संक्रमित उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.