|

तनहुँ : दमौलीबाट मानहुँकोटतर्फ जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस भीरबाट खस्दा एक जनाको ज्यान गएको छ। ज्यान जानेमा पोखरा महानगरपालिका-३२ गगनगौंडाकी करिब २८ वर्षकी सुनिता गुरुङ रहेकी छन्।

घटना लगत्तै उद्धार गरिएकी गुरूङको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। तिमिल्सिनाका अनुसार दुर्घटनामा परी अरू ८ जना घाइते भएका छन्।

विहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको हायस मानहुँकोट पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

हायस सडकबाट करीब ६ सय मिटर तल खसेको तिमिल्सिनाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.