|

मुगु : जो सुकैलाई पनि रारा जाने रहर हुन्छ। तर रारा कसरी जाने धेरै अलमलमा छन्। रारा घुम्न जाने योजना त सबै बनाउछन्, राराको नाम सुन्दाबित्तिकै सबैको मन त्यतिकै लोभिन्छ। तर रारा कसरी पुग्ने भन्ने कुरा मेसो नपाएर दुविधाले अधिकांश पर्यटक राराको योजनामा निराश बनेका हुन्छन्।

पहिलो पटक रारा आउँदै हुनुहुन्छ अथवा आउने सुरसारमा हुनुहुन्छ भने रारा पुग्न र घुम्न नछुटाउनु होला। रारा स्वर्गको एक टुक्रा हो। रारा मात्रै पुग्नुहोस् स्वर्ग पुगेको अनुभूति हुनेछ। मौसमअनुसार दिनमै चार-पाँच चोटि फेरिने राराको पानीको रङमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाया। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ। रारा जीवनमा पुग्ने पर्ने र घुम्ने पर्ने गन्तव्यमा पर्छ।

 त्यही भएर पनि रारा एकपटक पुग्नैपर्छ भन्ने मान्यताका साथ मेसो पाएका आन्तिरक पर्यटक रारा आउँछन्, तर मेसो नपाएका  पर्यटक दुविधामा भएर आउन हिचकिचाउछने गर्छन्। अब रारा आउँदै हुनुहुन्छ भने दुविधामा नरहनुहोला। रारा पुग्नै पर्छ घुम्नै पर्छ भन्ने मान्यताले आउन सक्नुहुनेछ। रारा पुग्न मुगु पुगिसकेपछि एरो (चिह्‍न)का साथबाट तपाईं मज्जाले राराताल घुम्न सक्नुहुनेछ।

राराका विभिन्न क्षेत्रमा एरो (चिह्‍न) चिन्न बनाइएका छन्। त्यसका माध्यमबाट रारा घुम्न सक्नु हुनेछ। रारा जाने बाटो, मुर्माटप पुग्ने बाटो, चुचेमारा पुग्ने बाटोलगायत तपाईंको गन्तव्य स्थान कहाँ को कहाँ जाने भन्ने लाग्छ एरो (चिह्‍न) बनाइएका छन् त्यसको माध्यमबाट रारा घुम्न सक्नु हुनेछ।

पर्यटकलाई गन्तव्‍यसम्म पुर्‍याउने एरो (चिह्‍न)

पोखराबाट रारा घुम्न आउनुभएका वीरेन्द्र लम्सालका अनुसार राराभित्रका एरो (चिह्‍न)ले महत्वपूर्ण काम गरेको बताए। नयाँ पर्यटकलाई गन्तव्य स्थानसम्म पुग्न एरो (चिह्‍न)को अतिआवश्यक रहेको र यस्ता एरो (चिह्‍न) हरेक दोबाटोमा राख्नुपर्ने लम्सालले बताए।

एरो (चिह्‍न)हरू जीर्ण अवस्थाका भएकाले मर्मतमा ध्यान दिनुपर्ने लम्सालको भनाइ छ। यतिखेर देश, विदेशीको नजरमा रारा छ, तर कोराना भाइरस कोभिड १९ का कारण देश तथा विदेशका आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न सकेका छैनन्।

तर, कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल निकै बढ्दै गइरहेको छ। कोरोनाका कारण ७ महिनासम्म सुनसान भएको रारामा पछिल्लो पटक रारा घुम्न आउने पर्यटकको चहलपहल बाक्लो नै देखिन्छ।

वर्षेनी यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ। यो समयमा दैनिक दुई सयदेखि पाँच सयसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।  समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ।

यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन्। यस्तै, यस क्षेत्रमा कस्तूरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.