|

विराटनगर : श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक कतिपयले घरमा त कतिपयले नहर तथा विभिन्न जलाशयमा मनाएका छन्।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन्।

विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यसबर्ष भने त्यति उत्साहजनक छैनन्।

कोरोना महामारीको जोखिम बढ्नसक्ने भन्दै सरकारले भीडभाडरहित छठपर्व मनाउन आग्रह गरेपछि यसपटक विराटनगरका अधिकांश व्रतालुहरुले वैकल्पिक रुपमा घरघरमै अस्थायी पोखरी बनाएर छठपर्व मनाएका छन्।

आज सूर्य उपासनाको तेश्रो दिन व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर आराधना गरेका छन्। सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास रही आएको विराटनगर–७ की चन्दा मण्डलले बताइन्।

विराटनगरस्थित केशलियाखोला, सिंघीया खोला, सुनसरी मोरङ सिचाँई आयोजनाको नहर तथा विभिन्न पोखरीहरुमा विगतवर्षमा जस्तो छठ मनाउने तयारी गरिएको छैन।

नहर तथा खोला छेउका केही सर्वसाधारणले फाट्टफुट्ट घाट निर्माण गरेर आज अस्ताउँदो सूर्यलाई जलापर्ण गरेका छन्।

चार दिनसम्म मनाईने यसपर्वको पहिलोदिननहाय–खाय, दोस्रो दिन खरना, तेश्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई आराधना गर्ने प्रचलन रही आएको छ।

 केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.