|

काठमाडौं : गायक तथा संगीतकार देवेन्द्र बब्लुको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको 'मायाले नि के के गर्च गर्च' बोलको गीतमा बब्लुसँगै एलिना चौहानले स्वर दिएकी छिन्।

गीतको शब्द हर्क साउदले लेखेका हुन् भने संगीत बब्लु आफैँले भरेका छन्। सार्वजनिक गीतको भिडियोमा गायक बब्लुसँगै रोशनी कार्की र प्रकाश घिमिरे फिचर भएका छन्।

गायक बब्लुकै कन्सेप्टमा तयार भएको भिडियोमा माओवादी द्वन्द्वकालमा 'कमरेड'हरू बीच हुने प्रेमलाई देखाइएको छ। भिडियोमा बब्लु र रोशनी प्रेमी-प्रेमिका बनेका छन्। माओवादीमा नै हिँडेको समयमा उनीहरूबीच भएको प्रेम र विवाहलाई भिडियोमा समेटिएको छ। भिडियोको अन्त्यमा युद्ध चल्दा बब्लुले आफ्नो श्रीमती रोशनीलाई गुमाउनु परेको देखाइएको छ।

विशाल घिमिरेको निर्देशनमा तयार भएको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन्। भिडियोको सम्पादन तथा कलर प्रवीण भट्टले गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.