|

काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। मेचीनगर ४ का संक्रमित पुरुषको आज बिहान १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनलाई १ गते कोरोना पुष्टि भएको र ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ।

त्यसैगरी, झापामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। उपचाररत संक्रमित ५ सय ७९, संक्रमणमुक्त २ हजार ९ सय ६ र कुल संक्रमित ३ हजार ५ सय ९ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.