काठमाडौं : गायक थानेश्वर गौतमको छुट्नलाई पो रैछ क्यारे लोक गीतले दर्शक श्रोताको माया बटुलिरहेको। गौतम र शान्ति श्री परियारको आवाजमा रहेको उक्त गीतका शब्द प्रभा बर्तौलाले रचना गरेकी हुन्।
गीतमा संगीत पनि गायक गौतमले नै भरेका हुन्। उक्त गीतको संयोजन बिनोद बाजुरालीको रहेको छ।
जननी नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतले केहि हप्तामै १० लाख भन्दा धेरै भ्यूज पाएको छ। उक्त गीतमा पुष्प खड्का र जानु पोखरेलले अभियन गरेका छन्।
गीतको म्युजिक भिडियोमा गायक गौतमलाई पनि देख्न पाइनेछ। उक्त गीतमा युवा युवतीको माया,प्रेम र विछोडलाई देखाइएको छ। म्युजिक भिडियोको छायांकन पर्यटकीय नगरी पोखरामा गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।