|

पाकिस्तानका पूर्व-प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग ले सोमबार विज्ञप्ति जारी गरेर सो कुराको जानकारी दिएको हो।

लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी उनी ९० वर्षकी थिइन्। सो दलका उपसचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोरमा अन्त्येष्टि गरिने भएको छ।

मिर्गौला र मुटुको रोग देखिएका पूर्व-प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमै उपचाररत छन्। छोरा बिरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.