|

भारतीय हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले जमानतमा छाड्न अनुमति दिएको छ।

ड्रग्स केसमा सिंहलाई फ्रहरीले शनिबार पक्राउ गरेको थियो। एनसिबीले १८ घण्टा सोधपुछ गरेपछि आइतबार बिहान भारतीका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको थियो।

भारतीको घर र अफिसमा ८६.५  ग्राम गाँजा भेटिएको थियो।  भारतीले प्रहीलाई आफू पति हर्षसँग गाँजा लिने कुरा कबूल गरेकी थिइन्।

शनिबार ब्युरोले अन्धेरी,लोखण्डवाला र बर्सोवामा रहेको घरमा छापा मारेको थियो। ब्युरोले त्यहाँबाट केही नशालु पदार्थ बरामद गरेको बताएको थियो। बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि फिल्मी क्षेत्रमा लागुऔषध प्रयोग हुने गरेको कुराबाहिर आइरहेको छ। लागुऔषधको मुद्दामा बलिउड कलाकारमाथि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) आक्रामक रूपमा प्रस्तुत भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.