|

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

त्यसैगरी, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत  थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ३८१ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ७० हजार ४५६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.