|

काठमाडौं :  उपत्यकामा सोमबार थप १ हजार ७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ७ सय ७९, भक्तपुरमा ८५ र ललितपुरमा १ सय ४३ जनामा कोरोना संक्रमित थपिएका छन्। महिला ४ सय ५४ र पुरुष ५ सय ५३ छन्।

काठमाडौं जिल्लामा ८ हजार ६ सय ६७ सक्रिय संक्रमित छन्। ३ सय २६ संक्रमितको मृत्यु, ७४ हजार ८ सय ३२ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८३ हजार ८  सय २५ छन्।

भक्तपुरमा सक्रिय संक्रमित ६ सय २८ छन्। ६ हजार ८ सय १० कोरोना संक्रमणबाट मुक्त भएका, ८५ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ५ सय २३ छन्।

त्यसैगरी, ललितपुरमा १ हजार ४ सय ९८ सक्रिय संक्रमित छन्। १० हजार ७ सय ९९ कोरोना संक्रमणबाट मुक्त, ९० संक्रमितको मृत्यु र कुल संक्रमित १२ हजार ३ सय ८७ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.