|

बुटवल : नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको अन्तरिक विवाद ‘लिक’ बाहिर जाने खतरा देखिएको बताएका छन्। पार्टीमा एकाएक अन्यासमै समस्या प्रकट भएका गतिविधि मर्यादा बाहिर पुगेको दाबी गरे।

अर्थमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएका पौडेलसँग प्रेस संगठन नेपाल, रुपन्देहीले मंगलबार साँझ बुटवलका गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘ध्यक्षद्वयबीचको विवाद ‘लिक’ बाहिर जान खोजेजस्तो देखिन्छ। नेता कार्यकता पनि मर्यादा बाहिर गएको देखियो। हामी दोस्रो तहका नेताविवाद ‘लिक’मा ल्याउन प्रयासमा छौं। पार्टीको अन्तरविरोध हटाउँदै एकता बचाउन सबै लाग्नुपर्ने अहिलेको आवश्यकता हो।’ 

पौडेलले थपे, ‘पार्टीमा परिस्थिति कल्पना गरेभन्दा पृथक् देखियो। पार्टीको समस्या समाधान गर्न सबै केन्द्रित हुनुको विकल्प छैन। पार्टीमा कसैले पनि विभाजन नचाएको भन्दै एकता नचाहनेलाई किनारा लगाउनुपर्ने अहिलको आवश्यकता रहेको मन्त्री पौडेलको भनाइ छ। त्यही ढंगले कोसिस गरिएको उनको भनाइ छ। पार्टीको आन्तरिक जीवनमा आएको समस्या कार्यकताहरुलाई चिन्तित बनाएको पौडेलले बताए। 

कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीको भेटघाट नियमित हुने छलफल जस्तै भएको बताए। उनले भने, ‘नेकपासँग सुविधाजनक बहुमत छ। कांग्रेसका किन सत्ताको विषय छलफल गनुपर्‍यो? प्रधामन्त्री र देउवाबीच नियमति हुने छलफल भएका हो। सत्ता समीकरणसँग जोडेर हेर्न आवश्यक छैन।’

पौडेलले राजधानी बुटवलबाट दाङ गए पनि बुटवल विकास र समृद्धिमा कहिल्यै पछाडि नपर्ने स्पष्ट पारे। पौडेलले भने, ‘राजधानी बुटवल बनाउने भनेका थियौं। एउटा प्रक्रियाबाट टुंगो लाग्यो। यो ठाउँ विकासबाट पछाडि पर्दैन। यहाँ अहिले पनि विकासका योजना लामबद्ध छन्। यो ठाउँको विकासका योजनामा विमर्स र सहकार्य गर्न तयार छौं।’

प्रदेश सरकारले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई जोडेर आर्थि राजधानी बनाउने निर्णय कार्यान्वन गर्न सफल बनाउनुपर्ने बताए। पौडेलले निर्वाचनका बेला घोषणा गरेका प्रतिबद्धता चरणबद्ध रुपमा पूरा हुँदै जाने बताए। कोरोना महामारीले थला परेको देशको अर्थव्यवस्थालाई पुनर्ताजगी दिन आफू सूक्ष्म ढंगले लागिपरेको जानकारीसमेत मन्त्री पौडेलले गराए। 

त्यस्तै, मन्त्री पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्रलाई कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताए। उनले भने, ‘मन्त्रिपरिषद्ले गर्ने निर्णय बैठकबाट हुन्छ। अर्थ मन्त्रालयले गर्ने निर्णय स्वयं मन्त्रालयलले गर्दै हामीले निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी जनमुखी निर्णय गर्छाैँ,’ उनले भने। पौडेलले पाँच वर्षको अवधि नसकिँदै घोषणापत्र कार्यान्वयन गरेर पुनः जनतासामु जाने बताए।

पौडेलले कोरोनाको नि:शुल्क जाँच र उपचारबाट सरकार पछाडि नहटेको समेत स्पष्ट पारे। उनले कोरोना विरुद्धको भ्याक्सिन ल्याउने विषयमा पनि सरकारले गृहकार्यलाई तीव्रतासाथ बढाइरहेको जानकारी गराए।

पौडेलले बुधबार बुटवलमा विभिन्न आयोजनाहरुको शिलान्यास गर्ने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.