|

काठमाडाैं : दोलखाको चरिकोटमा अवस्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ। आज मंगलबार मध्याह्न १:४५ देखि पटक पटक गरी ३:४५ सम्म पसिना आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रही आएको छ। पसिना आएको उक्त समयमा मन्दिरका पुजारी तथा पूजापाठ गरेका छन्। उक्त सूचना पाउनासाथ प्रशासन कार्यालय तथा सुरक्षा निकायको आकस्मिक बैठक बसेको जनाइएको छ। 

भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने चलन छ। सोहीअनुसार भोलि अर्थात् १० गते राष्ट्रपतिसमक्ष भीमेश्वर मन्दिर भगवानको महाप्रसाद पठाइने सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.