|

गोरखा : तनहुुँको बन्दीपुर गाउँपालिकाले विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी ‘मिनी ग्रेटवाल’ निर्माण गरिरहेको छ।
 

पर्यटकीय महत्त्व बोकेको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिएको ‘मिनी ग्रेटवाल’को काम करिब २० प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए। 

‘झण्डै ११ करोड रुपैयाँ लागतमा महत्त्वाकांक्षी योजनाको डिपिआर तयार गरी दुुई वर्ष अघिदेखि निर्माण सुरु गरिएको ग्रेटवालको हालसम्म ११ सय मिटर पर्खाल निर्माण सम्पन्न भइसकेको छ,’ उनल भने, ‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग नामाकरण गरी थालिएको ग्रेटवालको चौडाई चार मिटर, पर्खालको उचाई दुई फिट र लम्बाई चार किलोमिटर हुुनेछ भने वालको बीचबीचमा पार्कसमेत बनाइनेछ।’

 हालसम्म ७० लाख रुपैँया रकम खर्च भइसकेको गाउँपालिकाले जनाएको छ। यो आधुनिक पदमार्ग बन्दीपुर बजारबाट शुरु भई थानीमाई, समिभञ्ज्याङ् हुँदै मुकुन्देश्वरी गढी जोडिनेछ।

नेपालकै चर्चित पर्यटकीय नगरी बन्दीपुरमा पर्यटन प्रवर्द्धन गरी यहाँका नागरीकहरुलाई रोजगार दिँदै आर्थिक रुपमा सवल, सक्षम बनाउन आफू लागिपरेको गाउँपालिकाका अध्यक्ष थापाले बताए।

‘बन्दीपुर अहिले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्ने ठाउँ हो। अब हामी यसलाई पर्यटकहरुको ‘हब’को रुपमा विकास गर्नेछौँ,’ थापाले भने, ‘पर्यटकीय सम्भावनालाई चिनेर त्यसको विकास गर्दै हामी यहाँ हरेक महिना लाखौँ पर्यटकहरुलाई ल्याउने लक्ष्यअनुुसार काम गरिहरेका छौँ।’ पर्यटन प्रवर्द्धनका लागि आवश्यक अन्य भौतिक पूर्वाधारहरु निर्माणमा पनि यस गाउँपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.