सरकार समृद्धिमा केन्द्रित भएको जिकिर

|

रुपन्देही : संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार पूरै पाँच वर्ष टिक्ने दाबी गरेका छन्। अर्थमन्त्री पौडेलले विकास, समृद्धि र समाजवादको गन्तब्य तय नगर्दासम्म वर्तमान सरकार टिकिरहने बताउँदै सानातिना व्यवधानले सरकारको कामलाई असर नपार्ने स्पष्ट पारे।

‘मुलुकमा कसैले अस्थिरता चाहेको छ भने त्यो पूरा हुन सक्दैन', उनले भने, 'जनताको विकास र समृद्धिलाई केन्द्रमा राखेर केपी ओली नेतृत्वको सरकार अगाडि बढेको छ।’ 

रुपन्देहीको बुटवलमा बुधबार तिनाउ-दानव नदी करिडोर अयोजनाको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले प्रदेशको केन्द्र नहुँदैमा बुटवलको समृद्धि र विकासलाई कसैले रोक्न नसक्ने जिकिर गरे।

अर्थमन्त्री पौडेलले कोरिडोरको शिल्यनाश गर्दै रुपन्देहीको अभिषाप मानिने तिनाउ र दानब नदी हुँदै सडक निर्माण हुने र सुन्दर शहरको रुपमा विकास हुने बताए। तिनाउ-दानव कोरिडोर वैकल्पिक सहायक राजमार्गको रूपमा विकास हुनेछ।

करिडोरले तिनाउ नदीवारि र पारिबीच भएको विभेदलाई अन्त्य गरेको पौडेलको दाबी छ। ‘तिनाउ र दानवलाई अभिषाप होइन, वरदानका रूपमा उपयोग गरिरहेका छौं। अहिले बन्‍न लागेको करिडोरका वासिन्दालाई गर्व गर्नलायक हुन्छ,’ पौडेलले भने। 

बुटवल बजार क्षेत्रको सडक विस्तारको काम अगाडि बढ्न नसक्दा बुटवलकै मुहार बिग्रिएको भन्दै अवरोध नगर्न उनले बुटवलवासीलाई आग्रह गरे। ‘जनताका सरोकारका विषयमा हामी जनप्रतिनिधि जनतासँगै छौं। विकास आयोजना साझा सरोकारका विषय हुन्, अवरोध नगरौं,’ उनले भने। 

तिनाउ-दानव करिडोर निर्माण गर्नको लागि ४ अर्ब १३ करोड बजेट लागत लाग्‍ने सडक विभागका महानिर्देशक केशव कुमार शर्माले जानकारी दिए। नदीको दुवैतर्फ डबल लेनको कालोपत्रे सडक निर्माणसँगै १० मिटर हरियाली, ७ मिटरको कालोपत्रे, दुबै तर्फ २ मिटर फुटपाथ , १.५ मिटर साईड ड्रेन निर्माण हुने छ।

तिनाउ खण्ड निर्माणको लागि ५२ करोड ४६ लाख र दानव खण्डमा करिब १९ करोड ४२ लाख लागत लाग्ने सडक डिभिजनले अनुमान रहेको छ। तिनाउ-दानव नदी करिडोर केन्द्र सरकारको विशेष महत्वको आयोजना भएको बताउँदै उनले यो सडक पूरा भएपछि बुटवलबाट भारतीय सीमा मर्चवारसम्मको क्षेत्रको कायापलट हुने दाबी गरे।

करिडोरको तिनाउखण्ड सम्पन्‍न गर्न किरोत्वर मैनाचुली अविशा जेभी काठमाडौंले ठेक्का पाएको छ। बलतर्फको लामा-बानियाँ जेभी मकवानपुरले ठेक्का पाएको छ। तिनाउ खण्ड ३६ महिना र दानब खण्ड २७ महिनामा सम्पन्‍न हुने गरि ठेक्का भएको हो। 

पौडेलले रुपन्देहीको विकाससँग जोडिएका कुनै पनि काम नरोक्न सराकोरवालालाई कार्यक्रमस्थलबाटै निर्देशन समेत दिए। उनले १ महिना भित्र चौराहा-बेलहिया सडक सम्पन्‍न गर्न निर्देशन दिए। चौराहा-चिडिया खोला सडकखण्डमा अवरोध नपुर्‍याउन उनले स्थानीय घरधनीहरुलाई आग्रह गरे।्

उनले केही घरधनीले अवरोध गर्दैमा काम नै नगरि बस्‍ने परियोजनाका कर्मचारीको आलोचना गर्दै अवरोध भए बाहेकका स्थानमा तुरुन्त काम थाल्न निर्देशन दिए। अघिल्लो पटक अर्थमन्त्री हुँदा अगाडि सारेका सिद्धबाबा सुरुङमार्ग डिपीआर बनिसक्दा, बजेटको ब्यवस्था भइसक्दा र सबै तयारी हुँदा पनि टेण्डर प्रक्रिया अगाडि नबढेकोमा चिन्ता जनाउँदै कार्यक्रमस्थलबाटै सुरुङमार्गको काम अगाडि नबढेकोमा सम्बन्धित निकायलाई ध्यानाकर्षण  गराए।

यो सडकको पहिलो चरणमा ४.३ किलोमिटर ५२ करोड ४६ लाख ८३ हजार लागतमा २०८० साल असोज मसान्तमा सम्पन्‍न गर्ने गरि ठेक्का भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.