|

काठमाडौं : बन्द प्रशिक्षणमा सहभागि हुन लागेका नेपाली क्रिकेटका ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण देखिएको हो।

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएका खेलाडीहरूको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको थियो । कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आफूमा कोभिड-१९ पोजेटिभ देखिएको जानकारी गराएका छन्। उनले आफूसँग क्लोज कन्ट्याक्टमा रहेकाहरुलाई डब्ल्युएचओ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ प्रोटोकललाई पालना गर्न पनि अनुरोध गरेका छन्।

कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै समस्या नरहेको र पूर्णरुपमा फिट रहेको बताएका छन्। क्यानले पनि कोरोना पोजेटिभ देखिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र १४ दिनको आइसोलेसनमा बसेको बताएको छ।

क्यानले प्रशिक्षणमा बोलाएका खेलाडीहरु भोलिदेखि औपचारिक रुपमा कीर्तिपुर क्रिकेट मैदानमा प्रशिक्षणमा जाने टिम म्यानेजर विक्रम न्यौपानेले जानकारी दिएका छन्।

प्रशिक्षणका लागि बोलाइएका २२ खेलाडीमध्ये पाँचजना भने अति आवश्यक काम परेकाले घर गएका र उनीहरु हप्ता दश दिनपछि मात्र सहभागी हुनेछन्। त्यसैगरी क्यानका कर्मचारी प्रदीप लामालाई पनि कोरोना देखिएको क्यानले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.