|
ममता बनर्जी ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई हिम्मत भए गिरफ्तार गरेर देखाउन चुनौती दिएकी छिन्। 

तृणमूल कांग्रेसकी अध्यक्षसमेत रहेकी बनर्जीले आफूलाई जेलमै हालिएपनि आगामी चुनावमा पार्टीको जीत सुनिश्चित रहेको समेत दावी गरेकी छिन्। 

भाजपाले तृणमूलका विधायकहरुलाई पैसा दिएर पार्टी बदल्न दबाब दिइरहेको आरोप लगाउँदै ममताले भनेकी छिन्, 'भाजपा झुठको डंगुर हो र देशका लागि सबैभन्दा भयानक अभिशाप पनि हो।' 

पश्चिम बंगालमा आउँदो वर्ष विधानसभा चुनाव हुँदैछ। तर, अहिलेदेखि नै त्यहाँ भाजपा  र तृणमूल कांग्रेसबीच वाक युद्ध चर्किएको छ। 

केही दिन पहिले भाजपाका नेता तथा भारतका गृहमन्त्री अमित शाहले पनि पश्चिम बंगालको बांकडा जिल्लामा एक जनसभा आयोजना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.